२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पाल्पाको पूर्वखोला गाउँपालिकामा गठबन्धनलाई सोत्तर पार्दै एमालेको क्लिन स्वीप


१ जेठ, पाल्पा । पाल्पको पूर्वखोला गाउँपालिकामा गठबन्धनलाई सोत्तर पार्दै नेकपा एमालेले क्लिन स्वीप गरेको छ । नेकपा एमालेका नुनबहादुर थापा नेतृत्वको सम्पूर्ण टिमले विजय प्राप्त गरेको छ । पाँच दलीय गठबन्धनको विरूद्धमा एक्लै लडेको एमालेका थापा भारी मतले अध्यक्षमा विजयी भए भने उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा (भट्टराई) विजयी भइन ।

कुल खसेको ८ हजार ७५९ मत मध्ये गाँउपालिका अध्यक्षमा एमाले थापाले ६ हजार ३९ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेकै भट्टराईले ५ हजार ८९४ मत प्राप्त गरेकी छिन् । कांग्रेस माओवादी र समाजवादीको गठवन्धन गरी उठेका समाजवादीका अध्यक्ष पदका उम्मेद्धार मीनप्रसाद गिरीले कलम चिन्हमा कुल १२५७ मत प्राप्त गरे । उपाध्यक्षमा रुख चिन्हकी विष्णु कुमारी आचार्यले २२५० मत प्रााप्त गरिन ।

६ वडा रहेको पूर्वखोलाको सबै वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन । वडा नम्बर १ को अध्यक्षमा १ हजार मतान्तरमा गिरीमान आले विजयी भएका छन । उनले १४८८ मत ल्याउँदा उनको निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका चुनबहादुर थापाले ४८६ मत प्राप्त गरेका छन । वडा नम्बर २ मा निरबहादुर ८५२ मतसहित विजयी भएका छन । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपाल रानाले ५२९ मत प्राप्त गरेका छन ।

त्यस्तै वडा नम्बर ३ मा एमालेकै कृष्णप्रसाद भट्टराई विजयी भएका छन । उनले ९९६ मत प्राप्त गर्दा कांग्रेसका उमानसिंह सुनारीले १७८ मत प्राप्त गरेका छन । वडा नम्बर ४ मा ८२० मतसहित वडा अध्यक्षमा मेहरसिंह थापा विजयी भएका छन । वडा नम्बर ५ मा विष्णुकुमार पल्लीले १२९१ मत ल्याएर विजयी भएका छन । उनको प्रतिस्पर्धीले मअोवादीका दलबहादुर कामीले २५९ मत प्राप्त गरेका छन । त्यस्तै वडा नम्बर ६ मा पनि एमालेकै धनबहादुर घर्तीले जितेका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २२:३५

https://srdb.com.np/