२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

बेलकोटगढी नगरपालिकाको मेयरमा माओवादीको दोब्बर मतले अग्रता


१ जेठ, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा मेयरमा माओवादी र उपमेयरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन । गठबन्धनका उम्मेदवारहरूले मेयरमा दोब्बर र उपमेयरमा ४ मतले अग्रता लिएका छन । उपमेयरमा एमालेले सुरूवाती अग्रता लिएको थियो ।

३९१३ मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवदी केन्द्रका जगत तामाङले प्रमुखमा १९३३ मतसहित अग्राता कायम गरिरहेका छन । जगतले अग्रता बढाउँदै लगेका छन । एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले ९९८ मत प्राप्त गरेका छन ।

त्यस्तै नेपाली कांग्रेसका उपमेयरको उम्मेदवार शिव दाहालले १९८९ मतसहित अग्रता लिएका छन । नेकपा एमालेकी रूपा सापकोटाले उपमेयरमा १२८५ मतसहित पछ्याइरहेकी छिन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २२:०७

https://srdb.com.np/