३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

निर्वाचन प्रभावित गर्न नसकेको भन्दै कांग्रेस कार्यकर्ताले आफ्नै नेतालाई कुटे


१ जेठ, अछाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व संचार राज्यमंत्री गोविन्द बहादुर शाहलाई आफ्नै कार्यकर्ताले भकुरेका छन् । स्थानीय तहको निर्वाचनमा साफेबगर नगरपालिकाको बाव्लामा हुलहुज्जत भएपछि निर्वाचन आयोगले उक्त स्थानको निर्वाचन रद्द गर्ने निर्णय गरेपछि आक्रोशित काग्रेस कार्यकर्ताहरूले केन्द्रिय सदस्य शाहले निर्वाचन आयोगलाई प्रभावित गर्न नसकेको भन्दै साफेबगरस्थित काग्रेस पार्टी कार्यालय भित्र थुनेर भकुरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बाव्लामा नेपाली काग्रेस र नेकपा समाजवादीका कार्यकर्ताहरूले बुथ कब्जा गरेर जथाभावि हातहतियार प्रयोग गरेका थिए । बाब्ला मतदान केन्द्रमा भएको निर्वाचन सदर गर्न नसक्नेलाई नेता मान्न सतिन्न भन्दै भीम बहादुर कॅुवर नेतृत्वमा गएका काग्रेस कार्यकर्ताहरूले भकुर्न थालेपछि शाह मुस्किलले ज्यान जोगाएर पार्टी कार्यालयबाट भागेका थिए ।

आक्रोशित काग्रेस कार्यकर्ताले साँफेबगरको क्षेत्रिय पार्टी कार्यालय भित्र रहेका कुर्ची टेवल समेत तोडफोड गरेका छन् ।बसेका शाहविरुद्धमा नाराबाजी गर्दे कुर्सीसमेत तोडफोड गरेका छन्। जिल्लामा केन्द्रीय सदस्य हुदाँहुदै पनि मतगणनाका लागि कुनै पहल गर्न नसकेको भन्दै कार्यकर्ता आक्रोसित भएका नेपाली कांग्रेसका कार्यकर्ताले बताए।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २१:४४

https://srdb.com.np/