२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

काठमाडाैँ महानगरपालिका १ मा एमाले विजयी, अध्यक्षमा भरतलाल श्रेष्ठ


१ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिका वडा नं. १ मा नेकपा एमाले विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेद्वार भरलाल श्रेष्ठ विजयी भएका हुन । योसँगै एमालेले काठमाडाैँ महानगरमा जितको पहिलाे खाता खोलेको छ ।

श्रेष्ठले ६२२ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन । लाैरो चिन्हका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत प्राप्त गरेका छन ।

वडा अध्यक्षमा श्रेष्ठसँगै एमालेबाटै रसला तण्डुकार महिला सदस्यमा विजयी भएकी छिन । अन्य सदस्यमा कांग्रेसबाट रोशन श्रेष्ठ, शुभरत्न नेपाली, मीना सुनार विजयी भएका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २०:४९

https://srdb.com.np/