२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

रामकुमारी झाँक्रीको वडामा गठबन्धनका कलमधारी उम्मेदवार भारी मतले पराजित


१ जेठ गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्री हेलिकप्टर चढेर अाफ्नो उम्मेदवार जिताउन अाएपनि असफल भएकी छिन । उनको मतदाता नामावली भएको गुल्मीको मदाने गाउँपालिकाको वडा नम्बर २ मा पाँच दलीय गठबन्धनलाइ एमालेले भारी मतान्तरमा पराजित गरेको छ ।

एमालेका उम्मेदवार माधवप्रसाद भुसालले ७८५ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनको तर्फबाट झाँक्री सम्बद्ध पार्टीका उम्मेदवार गोकर्ण सेन ओलीले ६२५ मतसहित पराजित भएका छन । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा समाजवादीलाई भाग परेको वडामा पनि समाजवादी पराजित भएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार २०:४०

https://srdb.com.np/