११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

त्रिभुवन विश्वविद्यालय: आइतबार विदाकाे कार्यान्वयन नहुने

१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा साताको दुइ दिन बिदा दिने सरकारको निर्णय कार्यान्वयन नअने भएको छ । कोभिडका कारण प्रभाव परेको शैक्षिक पात्रो यसै पनि ढिलो भएको र पठनपाठन साथै परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको भन्ने कारणहरु देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ ।

 

प्रकाशित मिति : May 15, 2022 at 6:01 pm