४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

देश दुर्घटनाको जोखिम मोलिरहेको भरतपुरमा रेणुको झिनो मतको अग्रता, एमालेका सुवेदी पछि पछि


१ जेठ, चितवन । आफ्नी पुत्रीका लागि पिताले देश नै दुर्घटनामा पर्ने चेतावनी दिएको भरतपुर महानगरको चुनावी नतिजा विस्तारै आउनेक्रममा रहेको छ । अहिले भैरहेको गणनामा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालले झिनो मतको अग्रता कायम गरेकी छिन ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणुलाई पछ्याइरहेका छन । अहिलेसम्म गणना भएको ६१८७ मतमा गठबन्धनकी उम्मेदवार रेणुले २२१२ मत प्राप्त गरेकी छिन । त्यस्तै एमालेका सुवेदीले २१८९ मतसहित पछ्याइरहेका छन । स्वतन्त्र उम्मेदवारी दिएका पूर्व सांसद जगन्नाथ पौडेलले ७१८ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १७:५९