२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

गोसाईंकुण्ड गाउँपालिका ५ मा एमाले प्यानल नै विजयी


१ जेठ, रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेपाली एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत ल्याए ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ को वडा सदस्यमा कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १७:३४

https://srdb.com.np/