२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित


१ जेठ, तनहुँ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, भीमाद–२ दिनेश थापा, भीमाद–३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे –३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा विजयी भएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसबाट ऋषिङ गाउँपालिका–२ मा दलबहादुर थापा, शुक्ला–१ मा रवीचन्द्र पौडेल र वडा नं २ मा सुमन राना, भीमाद नगरपालिका–१ मा दीपक आले तथा देवघाटमा मीनराज राना विजयी भएकोे नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जिल्लाको आँबुखैरेनी गाउँपालिका–१मा प्रेमबहादुर गुरुङ र ऋषिङ गाउँपालिका–१ मा कुशबहादुर थापा विजयी भएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए । ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो ।

तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका–८ मा भएको विवादका कारण मतगणना हुन सकेको छैन् । उक्त वडाका दुई मतदान केन्द्रमा पुनः जेठ ४ गते बिहान ७ बजेदेखि ५बजेसम्म मतदान गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १७:२८

https://srdb.com.np/