१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

चुनावकालागी नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा गस्‍ती


२९, वैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको हो ।मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गरिने छ।

यसबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधबार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिईएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

नेपाली सुरक्षाकर्मीको टोलीलाई भारतीय एसएसबी, भन्सार कार्यालय र सादा पोशाकमा खटिएका प्रहरीले पनि सघाएका छन् । मोटरसाइकल, गाडी आउने नाकाहरूमा सशस्त्र प्रहरी नै बसेर नियमित ड्युटी गरिरहेका छन् ।

उनीहरूले मोटरसाइकल गाडी आउन रोक लगाएका छन् भने मानिस मात्रै आउन सक्ने क्षेत्रहरूमा संयुक्त र एकल गस्ती, पट्रोलिङ गर्नेजस्ता काम भइरहेको सशस्त्र प्रहरी अधिकारीहरूले बताएका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १३:२४