४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

चुनावको प्रभावले उपत्‍यका सुनसान


काठमाडौं २९, वैशाख । स्‍थानीय तहको चुनाव तहल्‍काले काठमाडौं रित्तियो । काठमाडौंमा बसोबास अधिकांस मतदाताहरु बाहिरी स्‍थानका रहेकोले स्‍थानिय तहको चुनावले सबै जसो सर्वसाधारण भोट दिनका निम्‍ती आ-आफ्‍नो थलो स्‍थायी स्‍थानबाट गाउँ(घर फरकिएक छन्‌ ।

सोही चुनावको प्राभावले गर्दा काठमडौंमा हुने गरेको सवारी चाप घट्‍दै सडकहरु खुकुलो सँगै खाली खाली भएको देखिन्‍छ।
साथै उपत्यका बाहिर जाने सवारीको चाप भने बढेको छ । उपत्यकाका विद्यालयहरु बन्द छन्।

अधिकांश सरकारी तथा निजी क्षेत्रका कार्यालयहरुमा बिदा भइसकेको छ । त्यसैले कार्यालय समयमा पनि सवारीको चाप सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अघिपछि भन्दा अहिले सडकमा सवारीसाधन पातलिएका छन् ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार पछिल्लो पाँच दिनमा मात्रै झण्डै ३ लाख यात्रुले उपत्यका छाडेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १२:४१