१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

मध्यरातमा एमाले सांसद शान्ता चाैधरीको घर घरेर कांग्रेस कार्यकर्ताले दिए धम्की


२८ वैशाख, काठमाडाैँ । नेकपा एमालेकी सचेतक शान्ता चैधरीको घर घेराउ गरेर नेपाली कांग्रेसका कार्यकर्ताले धम्की दिएका छन । सचेतक चाैधरीले सामाजिक सञ्जाल मार्फत अाफ्नो घर घेरेर कांग्रेस कार्यकर्ताले धम्की दिएको बताएकी छिन ।

माैन अवधिको समयमा चाैधरीको दाङमा रहेको घर घेरेर कांग्रेस कार्यकर्ताले धम्की दिएको सचेतक चाैधरीले पुष्टि गरेकी छिन । उनले सामाजिक सञ्जाल मार्फत पनि माध्यरातको करिब ११ बजेतिर जानकारी दिँदै अाफ्नो घर कांग्रेस कार्यकर्ताले घेरेर धम्की दिइरहेको बताएकी छिन ।

उनले त्यसको बारेमा प्रहरीमा खबर गरेको पनि जानकारी दिएकी छिन । अहिले चाैधरीको घरमा प्रहरी तैनाथ भएको छ भने कांग्रेस कार्यकर्ता भागेका छन ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार २३:५८