६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

माैन अवधिमा पैसा बाँड्न हिडेँका माओवादी नेता विनोद पहाडी जनताबाट समातिए (भिडियोसहित)


२८ वैशाख, वुटवल । लुम्बिनी प्रदेशको रूपन्देहीमा माैन अवधिमा पैसा बाँड्न हिडेँका माओवादी नेता विनोद पहाडी जनताबाट समातिएका छन । रूपन्देहीको सैनामैना ९ मा त्यहाँका स्थानीयले पहाडीलाइ समातेर प्रहरीको जिम्मा लगाएको छ ।

संविधानसभा सदस्य समेत रहेका माओवादी केन्द्रका नेता पहाडी मतदातालाई पैसा बाडिरहेको अवस्थामा रंगेहात फेला परेको स्थानीयले बताएका छन । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ पिपलधारा स्थित दलित परिवारलाई बाड्न ल्याएको रकम सहित पहाडीलाइ समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएको भए पनि प्रहरीले छाडिदिएको छ ।

बुधबार साँझ पैसा बाड्दै गरेका पहाडीलाई स्थानीय युवाहरुले समातेर प्रहरीको जिम्मा लगाएका थिए । पहाडीकाे साथबाट लाखाैँ रूपमा बरामद भएको भए पनि त्यसबारे प्रहरीले केही बताएको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार २३:३९