मोदी सुरक्षा व्यवस्था र भारतिय विमान लुम्बिनीमा
२८, बैशाख। २५६३ औं बुद्ध जयन्तीको अवसरमा जेठ २ गतेका दिन लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देही आएको छ ।
आज बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानमार्फत उक्त टोली आएको हो ।विमानमा भारतीय सैनिक अधिकारीहरु रहेका छन् ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्तीको विशेष समारोहमा आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि उक्त सैनिक अधिकारीहरुको टोली भारतीय सेनाको विशेष विमानबाट भैरहवा आएको हो । सेना टोलीमा ३० जना रहेको बताइएको छ ।
प्रकाशित मिति : May 11, 2022 at 2:33 pm







