१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मतदानकालागी उपत्‍यकाबाट गाउँ फर्किनेको भिड

२८ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ छाडेर घर जानेहरूको लर्को लागेको छ ।  विशेष गरी काठमाडौँबाट छिमेकी जिल्लाहरूमा जाने मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन् ।

स्‍थानिय तहको निर्वाचनकालागी काठमाडौँ उपत्‍यका बाट घर जानेहरुको संख्‍य तिव्र रहेको छ । बैशाख ३० गते हुन लागेको निर्वाचनकालागी शहरका हरेक कुना कुना बाट मतदान दिनकोलागी आफ्‍ना स्‍थानिय गाउँ ठाउँमा फर्किनेहरुको घुइँचो काठमाडौँको बस पार्क मात्र नभएर विभिन्‍न स्‍थानबाट मान्‍छेहरुको लाम लागेको देखिन्‍छ ।

आज विहानैबाट काठमाडौको सडकहरुमा कम सवारीको चलखेल देख्‍न सकिन्‍छ। ट्राफिक प्रहरीका अनुसार हिजोमात्र ५९ हजारले काठमाडौँ छाडेको र आज सो सङ्ख्या थप बढ्ने छ । आजदेखी मौन अवधीको सुरवात भएसँगै दलिय प्रचार प्रसारहरु पन बन्‍द भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ११:५५