२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

एडिलेडमा बहुसांस्कृतिक वनभोजसँगै खुल्यो नयाँ संस्था

२७ वैशाख, एडिलेड । हिमालयन मल्टिक्लचर सोसाइटीको आयोजनामा नेपाली भुटानी सहितका बहुसांस्कृतिक वनभोज सम्पन्न भएको छ । एडिलेडको मोसन लेकमा आयोजित वनभोजनमा प्रमुख अतिथि साउथ अष्ट्रेलियाको सत्तारुढ लेवर पार्टीका सासद तथा पुर्व सभामुख रसेल वाटले नेपाली भाषी सहितका समुदायले अष्ट्रेलियाको विकासमा महत्वपुर्ण योगदान गरेकोमा प्रशंसा गरे ।

कार्यक्रममा संघिय सांसद स्टीव जर्जनास, संघिय सांसद टोनी जापिया, बहुसांस्कृतिक मामिला र पर्यटन मन्त्री जोए विटिसनका प्रतिनिधि जोन फुलब्रुक, साउथ अष्ट्रेलियाकी सांसद डाना वोर्टले, सालिसबरी काउन्सिलका मेयर गिलियन एल्ड्रिज ओएएम, स्पेन्सका लागि संघीय श्रम उम्मेदवार म्याट बर्नेल, सालिसबरी काउन्सिलका काउन्सिलर सारा ओक, सहितका स्थानिय जन प्रतिनिधि तथा जारी संघिय निर्वाचनका उम्मेदवारहरुको उपस्थित रहेको थियो ।

वनभोजमा सम्बाेधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलियाको सत्तारुढ लेवर पार्टीका सांसद तथा पूर्व सभामुख रसेल वाटले ।

आयोजक संस्था हिमालयन मल्टिकल्चर सोसाइटीका गोविन्द रानाले संस्थाले नेपाली समुदायलाइ समेटर हिमालय क्षेत्रसंग जोडिएका अन्य समुदायलाई जोड्ने उद्देश्य लिएको बताए । रानाले अतिथिहरु तथा सहभागीहरुलाई स्वागत गर्दै वनभोज कार्यक्रमले साउथ अष्ट्रेलियमा रहेको बहुसांस्कृतिक समुदायलाई जोड्ने प्रयास गरेको बताए ।

कार्यक्रममा स्थानीय कलाकारहरुले नेपाली गीत संगित प्रस्तुत गरेका थिए भने नेपाली खानका परिकारहरु समेतको व्यवस्था गरिएको थियो । मल्टिडाइनामिक एस ए सहितका व्यवसायिक संस्थाहरुले प्रायोजनमा भएको कार्यक्रममा नेपाली भाषी सहित दक्षिण एसियाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । वनभोजमा स्थानीय लेवर पार्टीका नेता तथा कार्यकर्ताहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

एडिलेडमा नेपाली समुदायको विस्तारसँगै विभिन्न संघ संस्थाहरु खुल्ने र गतिविधी बढाउने क्रममा केहि समय अगाडि आएको संस्था हिमालन मल्टिक्लचर सोसाइटीको पहिलो सार्वजनिक कार्यक्रम रहेको थियो । संस्थाका अगुवा गोविन्द रानाका अनुसार संस्था दर्ता सहितको कानुनी प्रक्रिया पुरा गर्दै अगाडि बढेको छ । भने हाललाई चार जनाको सानो संचालक समिति रहेको र निकट भविष्यमै पूर्णता दिने रानाले जानकारी दिए ।

प्रकाशित मिति : May 10, 2022 at 8:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/