१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाच आयोगको तीन दिने स्पष्टीकरण

२६ वैशाख, काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कुलचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ ।सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चार माध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

निर्वाचन आचार संहिता अनुसार प्रदेश सरकार मुख्यमनत्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको जानकारी गराउँदै आयोगले उनलाई तीन दिनभित्र आयोगमा प्रापत हुने गरी स्पष्ट जवाफ पेस गर्न आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : May 9, 2022 at 9:00 pm