१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दैलेखमा मान्छे भित्रै राखेर एमाले उम्मेदवारकाे गाडीमा आगजनी

२६ वैशाख, दैलेख । दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालकाे गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए ।

गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख गरेका छन् ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए,’ उनले भने,‘ त्यस कारण खासै क्षति भने हुन सकेन ।’ घटनाबारे इलाका प्रहरी कार्याल राकमले अनुसन्धान थालेकाे छ ।

प्रकाशित मिति : May 9, 2022 at 10:41 am