११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

सिड्नीमा ओएनएफको शुभकामना कार्यक्रम

२५ वैशाख, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) न्यु साउथ वेल्स राज्य कमिटीको आयोजनामा नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान तथा वार्विक्यु सम्पन्न भएको छ । ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओएनएफका अगुवा समर्थक सहित एनआरएनएन लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले नया वर्षले प्रवास रहेका नेपालीहरुको जिवनमा खुशी र समृध्दिको कामना व्यक्त गर्दै नेपालको हुन गइरहेको निर्वाचनको महत्वमा प्रकाश पारेका थिए । कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समबन्य समिति उपाध्यक्ष धर्मराज अधिकारीले प्रवासीको हितमा ओएनएफले खेलेको भुमीकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा ओएनएफ ओशियान महादेश इन्चार्ज विनोद श्रेष्ठ, ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशब जोशी, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देव गुरुङ, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार जगदिश तिम्सेना लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

ओएनएफ एनएसडब्लुका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता र शिव पौडेलको संचालनमा भएको कार्यक्रममा मनोरञ्जनात्मक खेल हाडी फोर खेलमा विजयी भएका दिपक पहारीलाइ पुरस्कृत गरिएको थियो | अध्यक्ष सापकोटाले कार्यक्रम नया वर्षकै दिनमा गर्ने भने पनि सिड्नीमा भएको मौषमको प्रतिकूलताका कारण दुइपटक सम्म मिति सार्दै कार्यक्रम सम्पन्न गरेको बताए । उनले अतिथि, सहभागी तथा सपोन्सरहरुलाई धन्यवाद तथा आभार व्यक्त गरे ।

प्रकाशित मिति : May 8, 2022 at 8:25 pm