१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

२५ वैशाख, सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ को मुसहरी टोलमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो काम सकेर बेलुकी फर्किने क्रममा खेतको बाटोमा प्र.२–०१–००१ त. २००१ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पोखरीमा पल्टिँदा ट्र्याक्टरको इन्जिनले च्यापेर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिए । उनको शवलाई कानुनी प्रतिक्रिया पुरा गरी दुर्घटना भएको ट्र्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता काफ्लेले भनाई रहेको छ ।

प्रकाशित मिति : May 8, 2022 at 5:43 pm