देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन
२५ वैशाख, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् ।राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा हलोमा मतदान गर्न आग्रह गरेका हुन् ।
देश सुधार्नको लागि सबै सुध्रिन जरुरी भएको र अब सबै दलहरु सुध्रन जरुरी भएको उनले बताए । ‘यो निर्वाचनलाई देशलाई दुर्घटनामा जान रोक्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भने ‘यो चुनावमा उनीहरूको बाकस खाली गरिदिनुस् ।’ सबै मिलेर अन्य दलको बाकस नै खाली गरिसकेपछि सबै दलका नेताहरू सुध्रिने उनको भनाइ छ ।
प्रकाशित मिति : May 8, 2022 at 5:21 pm









