१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२५ वैशाख, सुनसरी । सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाँउपालिका ५ बस्ने ३० वर्षीय ईस्राफिल आलम रहेका छन् । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश २–०३–००१ ख २७२४ नम्बरको ट्रकले को १९ प ३८७३ नम्बरको मोटरसाइकललाई आज दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : May 8, 2022 at 3:39 pm