१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२५ वैशाख, दाङ । दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् ।

रा २ प ६५ ३४ नम्बरको मोटरसाइकल गएराती १२ बजे अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार ११:५६