१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : May 8, 2022 at 11:38 am