भारतबाट ल्याएको नक्कली सर्टिफिकेट पेश गरी जागिर खाने शिक्षिका तारादेवी अख्तियारको फन्दामा
४ भदाै, काठमाडौं । जनकल्याण प्राथमिक विद्यालय, नवलपरासीकी शिक्षिका तारादेवी ठाडा मगर अख्तियारको फन्दामा परेकी छन् । उनले भारतबाट ल्याएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्ने जुरीको आधारमा अख्तियारले आरोपपत्र दायर गरेको छ ।

‘राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति लिइ लाभ लिएको देखिन आएको हुँदा निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ, ’ अख्तियार प्रवक्ता रामेश्वर दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : August 20, 2018 at 6:31 pm







