९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

प्रवक्ता तथा पूर्व मन्त्री विश्वकर्मा २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

४ भदौ,काठमाडौं । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आइतवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरणको आदेश जारी किन हुनुनपर्ने हो भनेर प्रमाणसहित सशरीर अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

अवैध चन्दा असुलीको आरोपमा गत साउन २२ गते काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले शुक्रवार रिहा गर्न आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : August 20, 2018 at 6:23 pm