९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सबै भूगोललाई समान विकासमा जोड दिइएको छः मन्त्री बाँस्कोटा

४ भदौ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई द्रुत गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिएको काम सम्पादन गर्नेछ । ” सङ्घीय संसद् विकास तथा प्रविधि समितिको आजको बैठकलाई सम्बोधन गर्दे मन्त्री बाँस्कोटाले मन्त्रालयले सबै भूगोललाई समान विकासमा जोड दिएको जानकारी दिनुभयो । असल व्यवस्थापन कायम गर्दै मन्त्रालयले आफ्नो कार्यक्षेत्रका कामलाई प्रभावकारी बनाउने र आगामी दिनमा दूरसञ्चार सेवा र क्षेत्र विस्तार गर्ने नीति रहेको बताउनुभयो ।

नेपाल टेलिकमको सेवा र क्षेत्र विस्तार गर्न अगामी ६ महिनाभित्र देशका विभिन्न स्थानमा ६३८ टावर जडान सम्पन्न हुने, दूरसञ्चार प्रविधिको चौंथो पुस्ता (फोर जी) देशका प्रमुख शहरमा विस्तार गर्ने र पाँचौं पुस्ता (फाइव जी ) भित्रयाउने तथा सबै पालिकामा इन्टरेटको पहुँच पु¥याउने लक्ष्य रहेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँले देशको एकमात्र समाचार उत्पादन तथा वितरण गर्ने संस्था राष्ट्रिय समाचार समिति (रासस)को प्रत्येक वर्ष एउटा प्रदेशमा एउटा नयाँ कार्यालय भवन निर्माण गर्ने कार्यक्रम अन्तर्गत यस आवमा पोखरामा प्रादेशिक भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले देशको गौरव र प्रतिष्ठासित गाँसिएको राससका स्थायी समाचारदाता चीनको बेइजिङ र अमेरिकाको न्युयोर्कमा राख्न लागिएको, राससका महत्वपूर्ण समाचार तथा अभिलेखको ‘डिजिटल अर्काइभ’ तयार गर्ने काम भइराखेको, गोरखापत्र विराटनगर र कोहलपुरबाट प्रकाशनको शुरुवात भएको बैठकमा जानकारी दिनुभयो ।

करीब ८३ प्रतिशत जनताको पहुँचमा पुगेको रेडियो नेपाल र ७२ प्रतिशत जनताको पहुँचमा पुगेको नेपाल टेलिभिजनका सेवा अगामी पाँच वर्षमा सबै जनताको पहुँचमा पु¥याउने, आव २०७४÷७५ मा ८७८ पत्रकारको दुर्घटना बीमा भएको र पत्रकार वृत्तिकोषको कार्यविधि स्वीकृत भएको उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सबै प्रकारका आमसञ्चारका माध्यममा जनताको पहुँच पु¥याइने, आमसञ्चारलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यावसायिक र प्रतिस्पर्धी बनाइने, नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजानिक प्रसारण संस्थाको रुपमा एकै व्यवस्थापनमा सञ्चालन गरिने र सातै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने जानकारी दिनुभयो

प्रकाशित मिति : August 20, 2018 at 5:36 pm