१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

गोरखामा जन्ती सवार जिप दुर्घटना, ३ जनाको मृत्यु

१९ वैशाख, गाेरखा । गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी आज साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए ।

बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक गाउँपालिका चनौटेका देवी पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का कृष्णप्रसाद सिग्देल रहेको एसपी खनालले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार २१:४६