१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

भीम रावलको प्रश्नः विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

१९ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् ।

‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफै प्रश्न गर्दै आफै जवाफ दिएका छन्, ‘छैन ।’

एमसीसी सम्झौता रापत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षे सुरु भएको आरोप उनले लगाएका छन् । ‘यहींबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ ।अ ब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : May 2, 2022 at 3:49 pm