१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र दैलेख उपसचिव पार्टी छाडेर एमाले प्रवेश

१९ वैशाख, सुर्खेत । नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरूले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन् । जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका छन् ।

पार्टी त्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी अनेरास्ववियू जिल्ला अध्यक्ष नीरज सिंह मात्र नभइ जिल्ला सदस्य इन्ताज मिया, रामकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नरबहादुर विक, मगबुल मियाँ, नारायणी सिंह, मीना सिंह, कमानसिं बुढाथोकी र नरेन्द्र रेउलेसहित रहेका छन् ।

दैलेखमा छामिछाने मगरसहित जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रविन्द्रप्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन् ।

प्रकाशित मिति : May 2, 2022 at 1:00 pm