आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडायोः शेखर कोइराला
१८ वैशाख, काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा वरियता मिचेर निर्णय गरेपछि नेपाली कांग्रेसभित्रका प्रतिपक्षी नेता डा शेखर कोइरालले त्यसको बिरोध गरेका छन । उनले प्रधानमन्त्री देउवा र सरकारले वरियता मिचेर गलत निर्णय गरेको बताएका छन ।
डा कोइरालाले भनेका छन, ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।’
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयको प्रस्ताव विपरित धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रायले वरिष्ठताको आधारमा विश्वराज पोखरेलको नियुक्तिका लागि सिफारिस गरेको थियो ।
वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।— Dr Shekhar Koirala (@Shekharnc) May 1, 2022
प्रकाशित मिति : May 1, 2022 at 3:38 pm









