९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

भन्सार छलेर सामान नेपाल ल्याइदिन्छु भन्दै घुस लिने प्रहरी जवान गोविन्द नेपाली घुससहित पक्राउ

४ भदौ, नेपालगञ्ज । भन्सार छलेर सामान नेपाल ल्याइदिन्छु भन्दै घुस लिने प्रहरी जवान गोविन्द नेपाली घुससहित पक्राउ पर्रका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान गोविन्द नेपालीले व्यवसायीले खरीद गरेका आयातीत सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रकम माग गरेको भन्दै नियन्त्रणमा लिएको हाे।

अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान नेपालीले प्रलोभन देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारको कार्यालय कोहलपुरबाट खटिई गएको टोलीले निजलाई रु १० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकाले निजलाई बिगो रु १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : August 20, 2018 at 6:52 am