१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

के तपाईंको बालबालिका क्रिकेट खेल्ने चाहना राख्छन् ?

१७ वैशाख, एडिलेड । क्रिकेटको महाशक्ति राष्ट्र अष्ट्रेलिया रहेका जो केहिको पनि चाहना हुन सक्छ, अनि एडिलेडमा बस्नु हुन्छ र मेरो बालबालिका भविष्यमा क्रिकेट खेलाडी बनुन भन्ने सोचमा हुनुहुन्छ ? त्यसका लागि बालबालिका पनि तयार छन् भने तपाइलाइ राम्रो अबसर एडिलेड नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले दिदै छ ।

आगामी अक्टोवर शुरु हुने क्रिकेटको सिजनका लागि एन्काले आफ्नो बालबालिकाको टिम `एन्का जेम्स´ का लागि यहि मे २८ मा एडिलेडमा खेलाडी छनौट गर्ने भएको छ । छनौट इन डोर हुने भएकाले क्रिकेट खेलिरहेका बालबालिकाहरुलाई नया अनुभव हुने भएको छ । जसका लागि सहभागीले मे १५ भित्र एन्कामा दर्ता हुनु पर्ने छ ।

एन्काका अध्यक्ष विजय जोशीले त्यस दिन छनौट भएका बालबालिकाहरुलाई एन्काले प्रशिक्षण दिने र साउथ अष्ट्रेलियमा रहेका अन्य क्लवहरु संग हुने खेलहरुमा सहभागी गराउने बताए । उनले टिममा नेपाली मात्र नभएर अन्य समुदायबाट पनि समावेश गर्ने बताए ।

१० वर्ष र १२ वर्ष भन्दा कमका दुई उमेर समुहका लागि छनौट हुने छन् । जोशीले नेपालबाट अध्ययनका लागि अष्ट्रेलिया आएर क्रिकेट खेल्न टिममा समावेश भएको युवाहरुले समेत यहाका क्लवहरुमा स्थान लिन थालेको सन्दर्भमा यहा हुर्किदै गरेको पुस्तालाई उचित प्रशिक्षण दिन सके अष्ट्रेलियाकै टिममा ठाउ जमाउने मात्र नभएर पौडीमा बेलायतमा हुर्केकी गौरिका सिह जस्तै नेपालका लागि पनि खेल्न सक्ने अपेक्षा गरेका छन् ।

दैनिकीसंग कुरा गर्दै उनले अहिलेको नयाँ पुस्तालाई केहि लगानी गर्न सके भविष्यमा नेपाल र नेपालीलाई राम्रो हुने आशा व्यक्त गरे । एन्काले बालबालिकाहरुलाइ क्रिकेटमा आकर्षक गर्न गत जनवरी फरवरीमा भएको प्रशिक्षण कार्यक्रमलाई बिच सेफ्टी कार्यक्रम संग जोडर संचालन गरेको थियो । जोशीले अष्ट्रेलियामा नेपाली मुलका खेलाडी उत्पादन गर्न सकेमा नेपाली समुदाय नै स्थापित हुने बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १३:०५