१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेस नेता स्वारको स्वतन्त्र उम्मेदवारी कायमै, गठबन्धनमा तनाव

१७ वैशाख, अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष पदका लागी टिकट वितरणमा असन्तुष्ट भएका कांग्रेस नेता डम्बर बहादुर स्वारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख का पूर्व संयोजक समेत रहेका डम्बर स्वारले गाउँपालिका अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालमा भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका क्रममा नेपाली काँग्रेसका लागी चुनावी मैदानमा रहँदा स्वारमाथी नेकपा एमालेका नेता कर्ण थापा सहितको टिमले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।

कॅाग्रेसमा लोकप्रिय रहेका नेता डम्वर स्वारलाई अपमान गर्ने उदेश्यका साथ पार्टी सभापती पुष्प बहादुर शाहले टेक बहादुर साउॅदलाई गाउॅपालिका प्रमुखको टिकट दिएपछि क्रुद्ध बनेका स्वारको स्वतन्त्र उम्मेदवारीलाई नेपाली कॅाग्रेस अछाममा जारी अन्तरसंघर्षको परिणामकोरूपमा लिन थालिएको छ ।

२०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका टेक बहादुर साउॅदलाई गाउॅपालिका प्रमुखमा सारेर पार्टी सभापती पुष्प बहादुर शाहले पूर्व पार्टी सभापती भरत कुमार स्वार र उनको समूहलाई साईजमा राख्न चाहेका थिए । पुष्प बहादुर शाह आफ्नो योजना सफल हुनेमा बिश्वस्त बनेकै बेला पूर्व पार्टी सभापति भरत कुमार स्वारसॅगको सल्लाहमा युवा नेता डम्वर स्वारले उम्मेदवारी दर्ता गराएका थिए ।

नेता स्वारको उम्मेदवारीलाई धम्की मात्रै भएको भन्दै बर्तमान पार्टी सभापति पुष्प बहादुर शाहले हल्कारूपमा लिएका थिए । अन्तिम समयमा युवा नोता डम्वर स्वारले उम्मेदवारी फिर्ता लिनेमा बिश्वस्त रहेका हिजो स्वारको उम्मेदवारी फिर्ता नभएपछि झस्केका छन् ।

शाह निकट स्रोतका अनुसार पार्टी सभापति पुष्प बहादुर शाहलाई असफल सावित गर्न स्वार समूहले बेला मौकामा प्रहार गरिरहेको थियो । शाह निकट स्रोतले भन्यो ‘बान्नीगढी जयगढ गाउॅपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार खडा गरेर स्वार समूहले राजनितिका सवै सिमा तोडेको छ । यस्तोमा स्वारका तर्फबाट उम्मेदवार बनेकाहरू पनि मारमा पर्ने खतरा बढ्यो ।’

नेपाली कॅाग्रेसका पूर्व सभापति भरत कुमार स्वारसॅग जोडिने बित्तिकै अन्यायमा पारेको भन्दै स्वार निकट रहेका एक नेताले ‘ मध्यावधि निर्वाचनका क्रममा समेत काँग्रेसका पक्षमा वकालत गर्दै गर्दा उनीमाथि मेल्लेख गाउँपालिकामा आक्रमणमा परेर टाउकोमा गम्भीर चोटपटक लागेको स्मरण गर्दा मात्रै पनि स्वारमाथि न्याय हुने दावि गरे ।

उम्मेदवारी फिर्ता लिने समय बाँकी रहुन्जेल उनले उम्मेदवारी फिर्ता लिनेमा कांग्रेस नेताहरू विश्वस्त रहे पनि स्वारले उम्मेदवारी फिर्ता नलिने बरू आफू समाप्त हुन तयार रहेको आसय सहित सामाजिक सञ्जालमा आफूलाई यस बिषयमा सम्पर्क नगर्न आग्रह गरेका थिए ।

नेपाली काँग्रेसका लागी सिपाहीको रुपमा बिभिन्न भूमिका निर्वाह गरिसकेका स्वारको स्वतन्त्र उम्मेदवारीले बान्नीगढीमा गठबन्धनलाई ठुलो धक्का पुग्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : April 30, 2022 at 10:36 am