२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

देउवालाई कर्ण मल्लको जवाफः न्यायका लागि देवतारूपी जनताको बीचमा जाँदैछु


१५ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पूर्व स्वकीय सचिव समेत रहेका डडेलधुरा कांग्रेसका पूर्व सभापति कर्ण मल्लले न्यायका लागि जनताको बीचमा जाने बताएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै मल्लले देउवाबाट प्रताडित साथीहरूसँग देवरूपी जनताको बीचमा जाने उल्लेख गरेका छन ।

उनले भनेका छन, ‘परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम, मेरा कारण हजुरले पाउनु भएकाे पिडाका लागि क्षमा दिनु हाेला । मलाई दाेस्राे पटक राजनितीक घर र हजुरकाे मनबाट निकाल्नु भएकाेमा स-धन्यवाद आभार व्यक्त गर्दछु । म अब पिडाकै बिचबाट तपाईबाट प्रताडित साथीहरू संगै न्यायका लागि देवरुपी जनताका बीचमा जादैछु । जय नेपाल ! ॐ साइराम !!’

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १४:२३