१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

निर्वाचन आचारसंहिता विपरित रामकुमारी झाँक्री अमेरिका पुगेपछि आयोगले सोध्यो स्पष्टिकरण

१४ वैशाख, काठमाडौँ । निर्वाचन आचारसंहिता विपरित शहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री अमेरिका पुगेपछि निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । आचारसंहिता लागू भएपछि झाँक्री निर्वाचन आयोगको पूर्व स्वीकृति बेगर अमेरिका पुगेकी थिइन । आयोगमा उजुरी परेपछि आयोगले स्पष्टिकरण सोधेको हो ।

भ्रमणको पूर्वस्वीकृति लिनुपर्नेमा झाँक्रीले जानकारी समेत नदिएको निर्वाचन आयोगले जनाएको छ । एमसीसी संसदबाट अनुमोदन गरेपछि सत्तारूढ दलका नेताहरूको भारत र अमेरिकातर्फ बाक्लो भ्रमण हुन थालेको छ । अमेरिकी सांसदहरूको टोली समेत नेपाल आएर फर्किएको छ ।

प्रकाशित मिति : April 27, 2022 at 8:21 pm