एसियाली खेलकुदको ब्याडमिन्टनतर्फको टिम इभेन्टमा नेपाल क्वार्टर फाइनलमा
३ भदाै, काठमाडाैँ । इन्डोनेसियाको जाकर्तामा जारी एसियाली खेलकुदको ब्याडमिन्टनतर्फको टिम इभेन्टमा नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। राउन्ड अफ सिक्सटिन अन्तर्गत पुरुष टिम इभेन्ट्सतर्फ अाइतबार भएको समूह चरणको खेलमा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको हो ।

उता महिला टिम इभेन्ट्सतर्फ भने नेपाली टोली पराजित भएको छ। समूह चरणको खेलमा नेपाललाई माल्दिभ्सले ३–२ सो सेटमा पराजित गरेको हो। नं
प्रकाशित मिति : August 19, 2018 at 12:30 pm









