२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको रिटमा अाज सुनुवाइ हुँदै

३ भदाै, काठमाडाैँ ।  सरकारको निर्णयलाई चुनौती दिँदै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् । आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भएको तर सरकारले गलत मनसाय राख्दै हटाउने निर्णय गरेको भन्दै राजभण्डारी पुर्नबहाली माग गर्दै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेकी हुन्।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो। टेलिकमको सुधारमा आफूले काम गरिरहेको तर सरकारले इच्छित व्यक्तिलाई नियुक्त गर्न प्रतिस्पर्धाबाट नियुक्त भएको व्यक्तिलाई हटाइएको उनले दाबी गरेकी छिन ।

 उक्त मुद्दाको पेशी आइतबार न्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासमा तोकिएको छ। कामिनीको रिटमा नयाँ प्रबन्ध निर्देशक छिट्टै नियुक्त हुन सक्ने भएकाले अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरिएके छ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १२:२७