२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

बाढीले नुवाकोटका १० घर बगायो, घर भत्केर च्यापिदा एक बालकसहित तीन घाइते

३ भदाै, काठमाडाैँ । बाढीले नुवाकोटमा १० वटा भन्दा बढी घर बगाएको छ । खोला र खोल्साको छेउमा अतिक्रमण गरी बनेका घरहरू बाढीकाे चपेटामा परेका हुन । बाढीका कारण बेलकोटगढी नगरपालिका वडा नम्बर–११ अमारेमा खोल्सामा अाएको बाढीले स्थानीय हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना र मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले घर भत्केर च्यापिदाँ पसल सञ्चालक रामराजा तामाङ अर्जुन, श्रीमती शुभलक्ष्मी तामाङ र छेरा घाइते भएकोका छन ।

यसैगरी गएरातिकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको नुवाकोटका प्रहरीप्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार लामाको घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ ।

पहिरोले दुई घर बगाउँदा रु छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङकोे दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ । पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको रु सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै शुक्रबार राति नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ । यस्तै जिल्लाकै सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडामा क्षति पुगेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार ०८:५५