१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

ओएनएफ अन्तर्राष्ट्रियको सल्लाहकार परिषद् गठन, अध्यक्षमा थापा

१० वैशाख, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको सल्लाहकार परिषद गठन भएको छ । अमेरिका रहेर लामो समय देखी नेपाली समुदायको पक्षमा क्रियाशिल संजय थापाको अध्यक्षतामा परिषद गठन गरिएको मञ्चका सचिव रमेश पाण्डेले बताए ।

परिषदको सदस्यहरुमा भवानी ओली(अष्ट्रेलिया), डा.जगदिश तिम्सेना(अष्ट्रेलिया), डा. राम गिरी(जापान), मुक्ति गौतम (क्यानडा), आंकाल जंग लामा(युके) रहेका छन ।

सचिव पाण्डेले लामो समयदेखि प्रवासमा रहेर एनआरएनए लगायतका संस्थाहरुमा समेत आफ्नो योगदान दिनुभएका सामाजिक अगुवाहरुको रहेको परिषद निर्माण भएकाले मञ्चले आगामी दिनमा नेपाल र नेपाली समुदायको पक्षमा उचित र उपयोगी सल्लाह सुझाब प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार २१:३८