९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार

९ वैशाख, काठमाडौँ ।  विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ। इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थाको संस्थापक रहेको अनुभव छ।

उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै विगत २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएको विवेकशील साझाले जनाएको छ ।

त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन्। ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रीका रूपमा संलग्न छिन्। विवेकशील साझा परित्याग गरेर गोपाल हमालले धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : April 22, 2022 at 2:42 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/