६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

संसदको पहिलो कार्यभार संविधान संसोधनः यादव


२२ फागुन, काठमाडौँ । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका गम्भिर त्रुटि सच्याउन संविधान संशोधन गर्नुपर्ने बताएका छन ।

मंगलवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यादवले संसदको पहिलो कार्यभार भनेको संविधान संसोधन गर्नु रहेको बताए । यादवले समय अनुसार संसोधन गर्न सकिने संविधानको लचकतालाई ध्यानमा राखेर यसका राम्रा पक्षलाई दृढताका साथ कार्यन्व्यन गर्न आवश्यक रहेको बताए ।

उनले विगतमा गलत नजिर र नीतिका कारण राज्यले सञ्चालन गरेका उद्योगहरु बन्द भएकोले अब समय अनुसार राज्यले नीति अवलम्वन गर्न आग्रह गरे ।

नेपाललाई समृद्ध बनाउन सक्ने थुप्रै आधारहरु भएकाले यसतर्फ वर्तमान सरकार केन्द्रित हुनुपर्ने र त्यसका लागि भ्रष्टाचार न्युनिकरण, आईएनजिओको अनावश्यक कार्यक्रमहरु नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १५:११