४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शान्तिपूर्ण आन्दोलनबाटै सबै सम्भव छः प्रचण्ड


२२ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिपूर्ण आन्दोलनबाटै सबै प्राप्त हुने वातावरण तय भएको बताएका छन ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब शान्तिपूर्ण आन्दोलनले सबै कुरा प्राप्त हुने बताए । अब हिंसात्मक आन्दोलन आवश्यक नभएको भन्दै उनले जनताका धेरै माग सम्बोधन भएको र अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने दिन आएको बताए ।

उनले आजका दिनसम्म भएका महत्वपूर्ण परिवर्तनमा राष्ट्रिय सहमति बिना सम्भव नभएको भन्दै देशलाई समृद्धिको बाटोमा डो¥याउन पनि राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १२:२३