१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

भागवण्डा नमिलेपछि गठबन्धनको बैठक बस्दै नबसी स्थगित

६ वैशाख, काठमाडाैँ । स्थानीय तहमा भागवण्डा मिलाउन आज बिहान साढे ११ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक बस्दै नबसी साढे २ घण्टा पर धकेलिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाए अनुसार गठबन्धनका शीर्ष नेतासहित स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक अब दिउँसो २ बजे बस्ने भएको हो। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा बस्नेछ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धनका पाँच दलबीच सिट बाँडफाँटका विषयमा अझै कुरा मिल्न सकेको छैन। सोमबारको बैठकले महानगरका विषयमा मोटामोटी खाका बनाए पनि उपमहानगरबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक पुनः आज बस्न लागेको हो।

प्रकाशित मिति : April 19, 2022 at 12:07 pm