१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेकोस मकवानपुरको अध्यक्षमा सविन मोक्तान निर्वाचित

३ वैशाख, हेटौंडा । नेपाल खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा सविन मोक्तान निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न तेश्रो जिल्ला अधिवेशनले सविनको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले बिक्रम लामिछाने र रुपा ढुंगानालाई उपाध्यक्ष चयन गर्‍यो भने संगीत श्रेष्ठ सचिव चुनिए । त्यसैगरी सहसचिवमा रोशन ठकुरी तथा आशिष थापामगर र केदार थिङ कोषाध्यक्ष निर्वाचित भए ।

नेकपा एमालेका केन्द्रिय सदस्य रामेस्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा एमाले प्रदेश कमिटी सदस्य अनन्त पौडेल तथा बलराम बल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासंघका स्थायी कमिटी सदस्य एवं बागमती ईन्चार्ज धरम बहादुर लामा, सचिबालय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख दिपक न्यौपाने, केन्द्रीय सदस्यहरु बुद्धि डिम्डुङ, दिपक खड्का तथा चन्द्र शाही, महासंघ बागमती प्रदेश सचीव जनरल श्रेष्ठ र कोषाध्यक्ष इन्द्र सन्जेल लगायतको उपस्थिति रहेको थिए।

अधिवेशनलाई सम्बोधन गर्दै महासंघका स्थायी कमिटी सदस्य धरम लामाले दोश्रो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको महासंघ केन्द्रले सबै प्रदेशका अधिवेशन सम्पन्न गरेर जिल्ला तथा पालिकाको अधिवेशनका लागि एक महिने अभियान संचालन गरिरहेको बताएका छन् । महासंघको स्थानीय निर्वाचन परिचालन अभियानका संयोजक समेत रहेका लामाले अबको एक महिना निर्वाचन केन्द्रित कार्यक्रमहरु संचालन गर्ने जानकारी दिए ।

 

प्रकाशित मिति : April 16, 2022 at 7:54 pm