१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कविलासी नगरपालिका मेयर एमाले प्रवेश, हजाराैँको उपस्थितिमा ओलीले गरे स्वागत (फोटोफिचर)

३ वैशाख, सर्लाही । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गरेका छन । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन ।

‘मेयर, वडा अध्यक्षहरु, बिगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनु भएको छ’ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले भने, ‘झन्डै ५ हजारजना आज एमाले प्रवेश गरेका छन ।’ उनका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना भएको आमसभालाई ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गरेका छन ।

उनका अनुसार आजको पार्टी प्रवेश कार्यक्रमा लालबन्दी नगरपालिका–११ मा माओवादीवाट बिजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीवाट पर्सा गाउँपालिका–३ मा बिजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसवाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत बिभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गरेका छन ।

प्रकाशित मिति : April 16, 2022 at 5:10 pm