४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

संसदमा देउवाको घोषणाः संविधान संशोधनमा कांग्रेसले पनि सघाउछ


२२ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनमा सहयोग गर्ने भएको छ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा संम्बोधन गर्दै संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सहयोग गर्ने जानकारी गराए ।

देउवाले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको भन्दै कांग्रेस संशोधनमा सहयोग गर्न तयार रहेको जानकारी दिए । उनले संविधान संशोधन राष्ट्रहितमा छैनभन्नेहरु आज संशोधनमा पक्षमा आउँदा कांग्रेस खुशी भएको बताए ।

उनले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएको बधाइ पनि दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १२:११