१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

अष्ट्रेलिया रहेका एक नेपाली युवा आयरल्याण्डको प्रिमियर लिग क्रिकेट खेल्न जाँदै

३ वैशाख, अष्ट्रेलिया । एडिलेड नेप्लिज क्रिकेट एशोशियसन (एन्का)का कप्तान सुनम गौतम संयुक्त अधिराज्य(युके)को आयरल्याण्डको प्रिमियर लिग खेल्न टेमल प्याट्रिक क्लव, आयरल्याड संग अनुबन्धित भएका छन् ।

एडिलेड युनिभर्सिटीको क्रिकेट टिममा समेत रहेका गौतम यहि महिनाबाट शुरु हुने लिगमा खेल्न जान लागेका हुन् । आगामी पाँच महिनाका लागि आयरल्याण्डमा रहदा एनआरएनए आयरल्याण्डको सहकार्यमा स्थानिय नेपाली मुलका बालबालिकाहरु संग समेत आफ्ना अनुभव शेयर गर्ने गौतमले जानकारी दिए ।

उनले आफ्नो यो खेलमा सहभागी हुने अवसरले नेपाल देखी विश्व भरि रहेका नेपाली युवाहरुमा राम्रो राम्रो खेल्न सके अवसर आउछ भन्ने शन्देश भएको बताए । गौतमले गत बर्ष अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यमा भएको लिग खेलमा समेत स्थानिय क्लवमा अनुबन्धित भएर खेलेका थिए ।

एन्का अध्यक्ष विजय जोशीले दैनिकी संग कुरा गर्दै गौतमको सफलताले नेपाली युवाहरुलाइ मार्ग दर्शन गरेको बताउदै खुशी व्यक्त गरे । जोशीले प्रवासमा पनि खेलेर नेपाली समुदायको नाम राख्ने मात्र हैन व्यवसायी खेलाडी पनि बन्न सकिन्छ भन्ने शन्देश दिएको बताए |

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १६:१३