७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

संखुवासभा पनि भत्कियो गठबन्धन, कांग्रेस र माओवादीको भागवण्डा मिलेन


२ वैशाख, चैनपुर । संखुवासभामा पाँच दलीय गठबन्धनमा ब्रेक लागेको छ । कांग्रेस र माओवादीको भागवण्डा नमिल्दा गठबन्धन भत्किएको हो । नेपाली कांग्रेसले संखुवासभामा सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नगर्ने निर्णय नै गरेको छ।

कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको विश्वासनीयता र चरित्रका कारण तालमेल नगर्ने निष्कर्षमा पुगिएको र सोही अनुसारको निर्णय गरिएको जानकारी दिए । उनले ४–५ दिनसम्म चुनावी तालमेलका लागि एकापसमा छलफल गरे पनि सहमति जुट्न नसकेको बताए ।

सभापति खड्काले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका माओवादी केन्द्रबाहेकका अन्य दलहरुसँग छलफल जारी रहेको बताए। ‘माओवादीबाहेकका अरु दुई दल (नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) सँग छलफलमा छौँ,’ उनले भने, ‘सहमति नभए हामी एक्लै निर्वाचनमा जान्छौँ।’

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १८:१५