७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कांग्रेस छाडेर एमाले प्रवेश गरेका थापा भन्छनः महतको गाउँमा सूर्यको झण्डा गाड्छु


२ वैशाख, नुवाकोट । नेपाली कांग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका यमबहादुर थापाले पञ्चकन्या गाउँपालिका (डा रामशरण महत, डा प्रकाशरण महत र रामेश महत)को गाउँमा सूर्यको झण्डा गाड्ने उद्घोष गरेका छन । शुक्रबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीबाट माला लगाएर पार्टी प्रवेश गरेपछि बोलनेक्रममा उनले पञ्चकन्यामा नेकपा एमालेको झण्डा फहराउने उद्घोष गरे ।

नेपाली कांग्रेसका पूर्व उपसभापति थापाले २०४९ सालमै आफू गाविस अध्यक्ष भैसकेको मान्छे पद भन्दा एमालेमा लागेर देशका लागि काम गरौँ भन्ने सोचले एमाले प्रवेश गरेको बताए । उनले यस पटकको चुनावमा एकमात्र मिसन भनेको पञ्चकन्या गाउँपालिकामा एमालेलाइ जिताउनु रहेको बताए । थापाले आफ्ना भन्ने कुरा धेरै भए पनि विस्तारमा भन्दै जाने बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १७:२७